नेपाल–खनाल भेलाका सहभागी भन्छन्– ओलीले गुटगत मानसिकता त्याग्नुपर्छ
काठमाडौं, चैत ५ : एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहको ललितपुरस्थित सानेपामा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन नेताहरुले पार्टीलाई एकताबद्ध...
काठमाडौं, चैत ५ : एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल समूहको ललितपुरस्थित सानेपामा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर लानुपर्नेमा जोड दिएका छन्। तर त्यसका लागि अध्यक्ष केपी ओलीले गुटगत मानसिकता त्याग्नुपर्ने मत उनीहरूको छ।
नेपाल–खनाल समूहले ललितपुरको सानेपामा बुधबारदेखि राष्ट्रिय भेला गरिरहेको छ । राष्ट्रिय भेलामा देशभरबाट नेता, कार्यकर्ताको बाक्लो उपस्थिति छ। एमाले नेता मोहनचन्द्र अधिकारीले ओलीमा एकलौटी निर्णय गर्ने स्वभाव रहेको उल्लेख गर्दै ओलीले गुटबन्दी त्यागेर एकताको पहल गर्नुपर्ने बताए । एमाले
नेता भीम आचार्यले पार्टी संस्थापन पक्षले नै गुटबन्दी गरिरहेकाले पार्टीलाई मजबुत बनाउन भेला गरिएको स्पष्ट पारे। नेता झपट रावलले पार्टी नेतृत्वमा देखा परेको स्वेच्छाचारी प्रवृत्ति त्याग्ने दबाबका लागि भेला गर्नुपरेको बताए।
त्यस्तै नेता ठाकुर गैरेले ओलीले चैत ७ मा हुन लागेको केन्द्रीय कमिटी बैठक रोकेर आफूहरु सहितको अर्को बैठक गर्नुपर्ने धारणा राखे। नेत्री सविना हुसेनले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले एमालेलाई एकताबद्ध बनाउन ओलीको भूमिका हुनुपर्ने बताए।










-1790835640.png)
