भाडा नबढाए गाडी थन्क्याउने व्यवसायीको चेतावनी
काठमाडौं, चैत ५ : यातायात व्यवसायीहरुले भाडा नबढाए सवारी साधन थन्क्याउने चेतावनी दिएका छन् ।बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसँगको भेटमा नेपाल यातायात...
काठमाडौं, चैत ५ : यातायात व्यवसायीहरुले भाडा नबढाए सवारी साधन थन्क्याउने चेतावनी दिएका छन् ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत तेस्रो हप्तासम्म भाडा नबढाए सवारी साधन थन्क्याउन बाध्य हुने बताएका हुन् ।
पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै यातायात व्यवसायीहरुले मन्त्री नेम्वाङसँग यातायातको भाडा बढाउन आग्रह गरेका छन् ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई बिहीबार भेटेका थिए ।
प्रकाशित मिति: १६:२८ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790835640.png)
