Kathmandu Press

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु

अफगानिस्तान चैत ५ : अफगानिस्तानको  वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ...
अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु
Hardik ivf

अफगानिस्तान चैत ५ : अफगानिस्तानको  वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । 

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका  थिए । 
 

प्रकाशित मिति: १४:१५ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्