काे-काे छन् एमाले संसदीय दलको बोर्डमा ?
काठमाडौं, चैत ५ : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको आज (बिहीबार) बसेको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। उक्त संसदीय दलको बोर्ड...
काठमाडौं, चैत ५ : प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको आज (बिहीबार) बसेको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ। उक्त संसदीय दलको बोर्ड २७ सदस्यीय हुने निर्णय गरेको हो ।
संसदीय दलको बोर्डमा हाललाई २४ सदस्य रहने र तीन जना मनोनीत गर्ने बताइएको छ। बोर्डको अध्यक्ष संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी ओली रहनेछन्।
बोर्डमा दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी पदेन सदस्य रहनेछन्।
अन्य सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, मोहन बानिया, नारदुमनी राना, उपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विक छन्।
प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











