Kathmandu Press

विश्व बैंकले बंगलादेशलाई दुई सय करोड डलर सहयता गर्दै

विश्व बैंकले बंगलादेशलाई दुई सय करोड डलर सहयता गर्दै

काठमाडौं, चैत ५ : विश्व बैंकले बंगलादेशलाई दुई सय करोड डलर सहयो गर्ने भएको छ। कोरोना महामारीले असर परेका बंगलादेशको सहरी क्षेत्रका युवा र फर्किएका अप्रवासिलाई सहयोग र सेवाहरु उपलब्ध गराउन विश्व बैंकले सहयोग गर्ने भएको हो । 

विश्व बैंकको द रिकोभ्रि एण्ड एडभान्समेन्ट अफ इनफर्मल सेक्टर इमप्लोइमेन्ट (आरएआईएसई) ले एक लाख ७५ हजार युवालाई तालिम, प्रशिक्षण कार्यक्रम, परामर्श, लघु र स्वरोजगार सहायताको माध्यमबाट लाभान्वित गराउने लक्ष्य बनाएको छ । 

Hardik ivf

बंगलादेश र भुटानका लागि विश्व बैंकका कन्ट्री निर्देशक मर्सी टेबोनले बंगलादेशको बेरोजगारीलाई उल्लेखनीय रुपमा कम गर्न र बसाँसराई रोक्न  महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘यो परियोजनाले दुबै श्रमिकको समूहलाई रोजगार प्राप्त गर्न र संरचनात्मक अवरोधहरू पार गर्न सहयोग पु¥याउने छ’ उनले भने । 

पहिचान गरिएको समूहलाई सहयोग र सेवाहरू प्रदान गर्न विश्व बैंकको यो परियोजनाले बंगलादेशको ३२ जिल्लामा कल्याण केन्द्र स्थापना गर्ने भएको छ । 

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्