Kathmandu Press

जसपाको बैठक आकस्मिक रूपमा स्थगित

काठमाडौं, चैत ५ : जनता समाजवादी पार्टी (जसपा) को आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ।सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको कायृकारिणी...
जसपाको बैठक आकस्मिक रूपमा स्थगित

काठमाडौं, चैत ५ : जनता समाजवादी पार्टी (जसपा) को आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ।

सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाको कायृकारिणी समितिको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने तयारी गरिएकाले अधिकांश नेता त्यहाँ पुगिसकेको अवस्थामा सूचना नै प्रकाशित गरी आकस्मिक रूपमा रोकिएको हो।

जसपाका अध्यक्ष महन्थ ठाकुरले तयारी नपुगेकाले बैठक स्थगित गरिएको जानकारी दिए। अर्को बैठक बस्ने मिति पनि तय गरिएको छैन।

कार्यकारिणी समितिको बैठकका लागि एजेन्डा तय गर्न बिहीबार बिहान जसपा पदाधिकारीको बैठक बसेको थियो। सो बैठकमा जसपाका दुई पक्षबीच मतभेद सिर्जना भएको स्रोतले बताएको छ। सोही कारणले बैठक स्थगित गरिएको बताइएको छ। 

जसपामा अध्यक्ष ठाकुर, राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्नुपर्ने र संघीय परिषद् अध्यक्षसमेत रहेका बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायत ओली सरकारको विकल्प खोज्नुपर्ने अडानमा छन्।

गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल मिलेर जसपा बनेको हो। जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्यमध्ये तत्कालीन राजपाबाट २५ र तत्कालीन समाजवादीबाट २६ जना रहेका छन्।

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्