Kathmandu Press

बालुवाटारको भेलामा ओली पक्षका सांसद मात्र

एमाले ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सोही समूहका सांसद मात्र सहभागी भएका छन्।
बालुवाटारको भेलामा ओली पक्षका सांसद मात्र

काठमाडौं, चैत ५ : एमाले ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सोही समूहका सांसद मात्र सहभागी भएका छन्।

बिहीबार बिहान १० बजे एमाले नेपाल-खनाल समूहले ललितपुर सानेपास्थित हेरिटेज होटेलमा आफ्नो समूहका सांसदको बैठक बोलाएको थियो। बैठकमा बालुवाटारमा हुने संसदीय दलको बैठकमा सहभागी हुने मत पनि आएको थियो।

‘बैठकमा पार्टी संसदीय दलको बैठक भएकाले सहभागी हुने मत आएको थियो। तर, पछि नजाने निर्णय भयो,’ नेपाल-खनाल समूहका एक सांसदले काठमाडौं प्रेससँग भने।

सोही समूहका अर्का सांसदले राष्ट्रिय कार्यकर्ता भेला प्रभावित हुने भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय भएको बताए। भविष्यमा बोलाइने संसदीय दलको बैठकमा भने आफ्नो समूह पनि सहभागी हुने उनले संकेत गरे।

एमालेका ३८ सांसद नेपाल-खनाल समूहमा छन्। बाँकी ८२ सांसद ओली समूहमा खुलेका छन्।
 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्