Kathmandu Press

नेपाल समूहका सांसदको हेरिटेज गार्डेनमा छुट्टै भेला

काठमाडौं, चैत ५ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको...
नेपाल समूहका सांसदको हेरिटेज गार्डेनमा छुट्टै भेला

काठमाडौं, चैत ५ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नेपाल समूहका सांसदहरुको भेला सुरु भएको हो ।

प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाए पछि नेपाल समूहका सांसदहरु छलफलमा जुटेका हुन् । आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने नेपाल समूहले जनाएको छ।  नेपाल समूहको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ ।

एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ ।

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्