Kathmandu Press

तान्जानियाका राष्ट्रपतिको ६१ वर्षको उमेरमा निधन

काठमाडौं, चैत्र ५ : अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका...
तान्जानियाका राष्ट्रपतिको ६१ वर्षको उमेरमा निधन
Hardik ivf

काठमाडौं, चैत्र ५ : अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।

बिगत दुई सातादेखि सार्वजनिक स्थलमा देखा नपरेका राष्ट्रपति जोनको स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना गरिएको हो । तान्जानियका विपक्षी दलका नेताहरुले उनलाई कोरोना संक्रमण भएको बताएतापनि यसको आधिकारिक पुष्टि भएको छैन । तान्जानियाका उपराष्ट्रपति सामिया सुलुह हसनले राष्ट्रपतिको निधन भएको पुष्टि गर्दै देशले एक प्रभावशाली र गणतन्त्र पक्षधर नेता गुमाएको जनाएका छन् ।

राष्ट्रपतिको निधनप्रति तान्जानियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने देशको झण्डा १४ दिनसम्म आधा झुकाइने छ । राष्ट्रपति जोन मगुफुलीको निधनपछि अब तान्जानियामा नयाँ राष्ट्रपतिको जिम्मेवारी रुपमा उपराष्ट्रपति हसनले पाउनेछन् । जोन मगुफुलीले सन् २०१५ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हालेका थिए । 

प्रकाशित मिति: ०८:५१ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्