आजको मौसम : कुन स्थानमा कस्तो ?

काठमाडौं, चैत्र ५ : आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, तराईका अधिकांश भू–भागमा पनि आंशिक बदली रहने विभागले जनाएको छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन् चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको बताइएको छ।
राति देश पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुँदै केही स्थानमा मेघगर्जन्चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ । जसको प्रभावले केही दिन मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०८:४१ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











