Kathmandu Press

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी र बायर्न म्युनिख

काठमाडौं, चैत्र ५ : एटलेटिको म्याड्रिडलाई पराजित गर्दै चेल्सी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई २-०...
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा चेल्सी र बायर्न म्युनिख

काठमाडौं, चैत्र ५ : एटलेटिको म्याड्रिडलाई पराजित गर्दै चेल्सी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजा सहित चेल्सी विजयी भएको हो।

चेस्लीको जितमा हाकिम जिएच र एमर्सन पालमिएरीले एक/एक गोल गरेका थिए । त्यस्तै खेलको ८१औ मिनेटमा स्टेफन साभिकले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो। यसअघि पहिलो लिगमा चेल्सी १ ० ले विजयी भएको थियो।

गएराति नै भएको अर्को खेलमा बायर्न म्युनिखले सिरी ए क्लब लाजियोलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । बायर्न म्युनिखको जितमा रोबेर्ट लेवानडोस्की र एरिक म्याक्सिमले एक/एक गोल गरे। त्यस्तै लाजिओका लागि मार्को पारोलोले एक गोल फर्काएका थिए।

यो सँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ। जसमा चेल्सीसहित बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर सिटी, पिएसजी, बोरुसिया डोर्टमण्ड, पोर्टो र रियल म्याड्रिड रहेका छन्।

प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्