Kathmandu Press

एमाले संसदीय दलको बैठक बस्दै, खनाल नेपाल भने भेलामै व्यस्त रहने 

काठमाडौं, चैत्र ५ : प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।आज बिहान ११ बजे प्रधानमन्त्री...
एमाले संसदीय दलको बैठक बस्दै, खनाल नेपाल भने भेलामै व्यस्त रहने 

काठमाडौं, चैत्र ५ : प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। तर नेकपाको नेपाल–खनाल पक्षले भने आजको संसदीय दलको बैठकमा नजाने बताएको छ।

व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ। आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ।  नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ ।

आजको बैठक पनि ओलीले बालुवाटामार बोलाएका छन् तर नेपाल खनाल पक्षले बालुवाटारमा बोलाउने बैठकमा नजाने बताउँदै आएको छ। 

प्रकाशित मिति: ०६:३९ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्