Kathmandu Press

रोक्न सकिन्छ धर्तिमा फाट्ने धाँजा र बन्ने खाडल

गत २० जनवरीमा बेलायतको म्यानचेस्टरस्थित वाल्मर स्ट्रिटमा एकाएक चार वर्गमिटरको खाडल बन्यो । पहिले त्यो खाडलले एउटा कार निल्यो र केही घण्टापछि दुई...
रोक्न सकिन्छ धर्तिमा फाट्ने धाँजा र बन्ने खाडल

गत २० जनवरीमा बेलायतको म्यानचेस्टरस्थित वाल्मर स्ट्रिटमा एकाएक चार वर्गमिटरको खाडल बन्यो । पहिले त्यो खाडलले एउटा कार निल्यो र केही घण्टापछि दुई तले भवन । ४ फेब्रुअरीमा एक स्कटिस बटुवाकै सामुन्ने डाइसार्ट र वेस्ट वेमिसबीचको समुद्री तट भासियो । र, मार्च पहिलो साता कुम्ब्रियामा क्वाड बाइक हाँक्दै गरेका एक कृषक विशाल खाडलमा भासिए । अग्नि नियन्त्रण दलले उनको उद्धार गरेर अस्पताल पुर्‍याए ।

पछिल्ला दिनमा बेलायतमा जमिनमा धाँजा फाटेका उदाहरण हुन् यी । जमिन फाट्ने र त्यसमा पर्ने वस्तु खाडलमा भासिने घटना विश्वभर भइरहन्छन् । विज्ञहरूका अनुसार विश्व तापमान शुन्य दशमलव एक डिग्री सेल्सियस वृद्धि हुँदा यस्ता खाडलको संख्या एकदेखि तीन प्रतिशतले बढ्छ ।

८ जनवरी बिहान साढे ६ बजे नेपल्समा त्यस्तै विशाल खाडल देखाप¥यो । २० मिटर गहिरो, ५० मिटर चौडा खाडल ‘अस्पेडेल डेल मारे’ अस्पतालको कार पार्किङमा देखापरेको थियो । हतारमा त्यस क्षेत्रको बिजुली आपूर्ति बन्द गरियो । र, कोरोना संक्रमितको उपचार अस्थायी रूपमा बन्द गर्नुपर्‍यो ।

Hardik ivf

इटालीको नेपल्समा जमिनमा यस्तो खाडल देखापर्नु सामान्यजस्तै भएको छ । सन् १९१५ देखि २०१० बीचमा यो नगरमा एक सय ९० भन्दा बढी खाडल देखापरेका थिए । र, त्यहाँ बर्सेनि दुईदेखि चारवटा खाडल देखिन्छन् ।

नेपल्सको ऐतिहासिक केन्द्रमा भर्खरै गरिएको एउटा अध्ययनले नौ ऐतिहासिक चर्चहरू जोखिममा देखिएका छन् । थप ५७ वटा स्थानलाई विनाशकारी रूपमा जमिन भासिने सम्भावित जोखिम पहिचान भएको छ ।

जमिनमा धाँजा फाट्नु नयाँ वा विचित्र घटना होइन । जब जमिनको सतहमुनि रहने खनिज पदार्थ विस्तारै आकाशबाट बर्सेर जमिनले सोस्ने पानीमा घुल्छन्, जमिनमा धाँजा फाट्ने र यस्ता खाडल तयार हुने समस्या आउँछ । तर, यस्ता डरलाग्दा घटनालाई जमिनमाथि मानवीय हस्तक्षेपले सामान्यझैँ बनाइदिएको छ ।

अवैध निर्माण, गहिराइसम्म पुगेर खनिज उत्खनन्, जथाभावी निर्माण र भत्काउने काम, फोहोर व्यवस्थापनमा लापरवाही र अधिक वर्षाका कारण मौसममा आएको परिवर्तनले जमिनमा खाडल पर्ने संख्यामा असामान्य वृद्धि भएको छ ।

अधिकांश व्यक्तिले आफू बस्ने जमिनको बारेमा धेरै सोच्दैनन् । सायद यो आश्चर्यजनक होइन किनकि मानिसले यसबारे सोच्न थालेकै छैनन् । जमिनसँगको हाम्रो सम्बन्ध एकतर्फी र एकल उद्देश्यबाट प्रेरित छ । हामी यसलाई सुधार गर्ने लक्ष्य राख्छौँ र दोहनमार्फत स्वार्थप्रेरित सेवा प्राप्त गर्न उद्यत हुन्छौँ । भवनका लागि बलियो जग, खनिज वा पानीको स्रोतका रूपमा जमिनको प्रयोग गर्नुपर्ने ठान्छौँ ।

तर, जमिन वास्तवमा एक जटिल प्रणालीमा आधारित छ । चट्टान, खनिज, जीवाणु र बोटबिरुवालगायत धेरै तत्व मिलेर जमिनको संयोजन हुन्छ, जो स्वतन्त्र अस्तित्वमा रहन्छ । तर, हामी बस्ने ठोस सतह र माटो बनाउन जमिनले आफ्ना तत्वहरूसँग निरन्तर सहकार्य गरिरहेको हुन्छ । ती प्राकृतिक तत्व र तिनको तालमेलमा बाधा पु¥याउँदा धाँजा फाट्ने र खाडल पर्ने प्राकृतिक जोखिमहरू निम्तिन्छन् ।

नेपल्सको खाडल

वास्तावमा यस्तो घटना कसरी हुन्छ भनेर बुझ्न नेपल्समा बनेको खाडलबारे छानविन गरौँ । ‘अस्पेडेल डेल मारे’ अस्पताल ‘फोनोलाइटिक टेफराइट’ भनिने चट्टानमाथि खडा छ । ‘टेफराइट’ ग्रिक शब्द टेफ्राबाट आएको हो, जसको अर्थ खरानी भन्ने हुन्छ । यो एक छिद्रमय र भत्किने चट्टान हो, जुन पहेँलो–खैरो रंगको हुन्छ ।

रोमन निर्माणकर्ताले पहिलोपटक यस ढुंगालाई भवन निर्माण गर्ने ढुंगाको रूपमा प्रयोग गरेका थिए । शताब्दीयौँदेखिको उत्खननका कारण नेपल्सको सतहमुनि खाडलको जटिल सञ्जाल तयार भयो । खाडलमा बलौटे खरानी र काम नलाग्ने फोहोर  र घर निर्माणमा प्रयोग भएका इँटा ढुंगाका टुक्रा मिसिएको सहरी माटो हुन्छ । सतहको माटोमा क्याल्सियमको मात्रा धेरै हुन्छ र प्राकृतिक रूपमा वातावरणमा कार्बनडाइअक्साइडसँग अन्तक्र्रिया गर्छ, जसले घुलनशील कार्बोनेट उत्पादन गर्छ । सतहको माटो डिसेम्बर २०२० मा तीन दिनको आँधीमा परी भासिएको थियो ।

बाढीको पानी जमिनभित्र पस्न पाँच दिन लाग्यो, जसले घुलनशील कार्बोनेट्सलाई पखालेर लग्यो र खाल्डोलाई अझै कमजोर बनाउँदै अन्ततः खाडल बन्यो ।

जमिनमा भवन र सडक निर्माणका लागि सिमेन्ट र रसायन प्रयोग गरिन्छ । त्यसका कारण माटोमा प्राकृतिक छिद्रहरू या त नष्ट हुन्छन् या रसायनले भरिन्छन् । माटोका लागि कम छिद्र हुनुको अर्थ पर्याप्त ताकत हो । तर, त्यसको मतलव वर्षाको पानीको पर्याप्त मात्रामा जमिनले सोस्नु पनि हो । तर, साँघुरो ठाउँबाट धेरै पानी जमिनमा पस्यो भने त्यस क्षेत्रको घुलनशील खनिज तत्व पखालिन्छन् र खाडल पर्छ ।

न्यू ग्राउन्डवर्क

विगत दुई दशकमा अनुसन्धानकर्ताहरूले सहरको माग पूरा गर्ने तर जमिनको प्राकृतिक प्रणालीमा बाधा नपु¥याउने हिसाबले इन्जिनियरिङका नयाँ विधि आविष्कार गर्ने प्रयास गरिरहेका छन् ।

उदाहरणका लागि स्ट्राथक्लाइड विश्वविद्यालयका अनुसन्धानकर्ताले प्राकृतिक फाइबरको अविश्वसनीय रूपले टिकाउ हुने सडक सञ्जाल बनाउन ढुसीको प्रयोग गरेका छन् । यी फाइबरहरूले आफैँ क्षतिग्रस्त अवस्थामा पनि सुरक्षित राख्न सक्छन् ।

न्यु क्यासलमा अनुसन्धानकर्ताले माटोलाई ‘परिवर्तनशील जीवित सामग्री’ बनाउन आनुवंशिक रूपमा ब्याक्टेरियाहरू तयार पारिरहेका छन् ताकि यसले जमिनको भारको प्रतिक्रियामा आफैँलाई बलियो बनाउन सकोस् ।

यी प्रविधिबाट माटोमा प्राकृतिक रिक्ततालाई रोक्न सकिन्छ । हामीले अझै यी प्रविधिको प्रभावकारिता जमिनको गहिराइमा विशेषगरी सहरी माटोमा स्थापना गर्न सकेका छैनौँ, जो निर्माण सामग्रीको फोहोरसँग मिसिएको हुन्छ ।

हाम्रो अनुसन्धान टोलीले सहरी माटोमा प्राकृतिक खालीपना सतहदेखि गहिराइसम्म सुदृढ गर्न तीन तरिका अध्ययन गरेको छ । तीन सतहहरू जस्तै– जमिनको सतह, माटोको माथिल्लो तह र जमिनमुनि माटोको भाग ।

हामी जमिनको माथिल्लो भागमा टाँसिने गमजस्तै वस्तु निकाल्न र माटोमा धान हालेर प्राकृतिक ब्याक्टेरियालाई राख्छौँ । यसको तल, माथिल्लो माटो हलुका, जीवित र सास फेर्ने तरिकाले डिजाइन गरिएको हुन्छ । यो फाइबर जैविकतामा समृद्ध हुन्छ, जसले जमिनमा रोपिएको अनाजलाई पक्रिन्छ ।

हामी यी जैविक फाइबरलाई जमिनको हलचलमा विनाश हुनबाट बच्न सक्ने गरी धेरै तन्किने बनाइरहेका छौँ । सहरी क्षेत्रको जमिनमुनिको माटोको भागमा प्रायः निर्माण सामग्रीको फोहोरको मात्रा धेरै हुन्छ । हामी यी फोहोरलाई माटोमा कार्बनडाइअक्साइडलाई खुवाउन र धेरै कडा फाइबरमा रूपान्तरण गर्ने उपायहरू विकास गर्दैछौँ ।

धेरै इन्जिनियरले मानिसहरूले भूमिलार्ई अनुत्पादक, हानिकारक र पिछडिएको प्रजाति, नाजुक इकोसिस्टम र जलवायुको रूपमा व्यवहार गरिरहेको कुरालाई महसुस गरिरहेका छन् । हामीले एक अधिक दिगो संसार निर्माण गर्न जमिनको क्षमता वृद्धि गर्न पुरानो जमिनकै प्राकृतिक इन्जिनियरिङ विधिलाई प्रयोग गर्न आवश्यक छ । (लेखक इस्ट लन्डन विश्वविद्यालयको भू–टेक्निकल इन्जिनियरिङका वरिष्ठ प्राध्यापक हुन् ।)

साइन्स अर्लट डट कमबाट
 

प्रकाशित मिति: ०६:३० बजे, बिहीबार, चैत ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्