Kathmandu Press

४० वर्षदेखि भारतीय जेलमा रहेका नेपालीलाई रिहा गर्न आदेश

४० वर्षदेखि भारतीय जेलमा रहेका एक जना नेपालीलाई काेलकत्ताकाे अदालतले रिहा गर्न आदेश दिएकाे छ।
४० वर्षदेखि भारतीय जेलमा रहेका नेपालीलाई रिहा गर्न आदेश

काठमाडौं, चैत ४ : ४० वर्षदेखि भारतीय जेलमा रहेका एक जना नेपालीलाई काेलकत्ताकाे अदालतले रिहा गर्न आदेश दिएकाे छ।

बुधबार कोलकत्ता उच्च अदालतले ४० वर्षदेखि जेलमा रहेका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)लाई रिहा गर्न आदेश दिएको हो।

कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।

कोलकत्तास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार उच्च अदालतले बुधबार साँझ फैसला सुनाएको हो। उनको सोमबार सुनुवाइ भएको थियो।

उनी दार्जिलिङ हुँदै कोलकत्तास्थित जेलमा स्थानान्तरण गरिएका थिए। उनी जेलमा रहेको थाहा पाएपछि दिल्लीस्थित नेपाली राजदूतावासले रिहाइका लागि पहल थालेको थियो।

 

प्रकाशित मिति: २१:१६ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्