Kathmandu Press

देशभर एक करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति? (सूचीसहित)

काठमाडौं, चैत ४ : नेपालमा मतदाताको संख्या एक करोड ६२ लाख ४३ हजार एक सय १० पुगेको छ।बुधबार निर्वाचत आयोगले देशभरका मतदाताको संख्या...
देशभर एक करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति? (सूचीसहित)

काठमाडौं, चैत ४ : नेपालमा मतदाताको संख्या एक करोड ६२ लाख ४३ हजार एक सय १० पुगेको छ।

बुधबार निर्वाचत आयोगले देशभरका मतदाताको संख्या सार्वजनिक गरेको हो। आयोगका अनुसार सबैभन्दा बढी मतादाता मोरङमा र सबैभन्दा कम मतदाता मनाङमा रहेका छन्।

देशभर ८२ लाख ११ हजार ९५४ जना पुरुष मतदाता र ८० लाख ३० हजार ९८४ महिला मतदाता रहेका छन्। यसैगरी तेश्रो लिङ्गी मतदाताको संख्या १७२ रहेको छ।

आयोगका अनुसार मोरङमा ६ लाख ६९ हजार ४९० मतदाता रहेका छन्। त्यस्तै, मनाङमा ५ हजार ९७६ मतदाता रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि मतदाता नामावली संकलन र अध्यावधिक गर्न थालिएको थियो। सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन गर्ने निर्णय बदर गरेपछि मतदाता नामावली संकलन र अध्यावधिक कार्य रोकिएको आयोगले जनाएको छ।

 

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्