Kathmandu Press

एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद नजाने

काठमाडौं, चैत ४ : नेकपा (एमाले) संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसद नजाने भएका छन्।एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा...
एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद नजाने

काठमाडौं, चैत ४ : नेकपा (एमाले) संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसद नजाने भएका छन्।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा सहभागी हुन सबै सांसदलाई मेसेज गरेर बोलाइएको छ।

तर, संसदीय दलको बैठकमा नेपाल पक्षका सांसद भने नजाने एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए। नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरमा चलिरहेको छ।

भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराई संसदीय दलको बैठकमा नजाने बताए। बैठकबारे जानकारी आएको भए पनि कार्यव्यस्थताका कारण जान नसकिने उनको भनाइ थियो। 'आज मात्र हामीलाई मोबाइलमा सूचना आएको थियो कि प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाउनुभएको छ भनेर,' भट्टराईले भने।

दुई दिने राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाह पाउँदापाउँदै प्रधानमन्त्रीअ ओलीले संसदीय दलको बैठक बोलाएकाले उपस्थित हुन नसकिने उनको भनाइ थियो।

'संसदीय दलका नेता, प्रधानमन्त्री, संसदीय दलको कार्यालयलाई यो कुरा राम्रोसँग जानकारी थियो कि एमालेको राष्ट्रिय कार्यकर्ता भेला भइरहेको छ। संघीय सांसद, प्रदेश सांसद र संसदीय फाँटका व्यक्तिहरूको यहाँ उपस्थिति छ भन्ने उहाँहरूलाई राम्रोसँग थाह थियो,' भट्टराईले भने, 'हामीले राष्ट्रिय कार्यकर्ता भेलाको कार्यव्यस्तताले भोलिको बैठकमा उपस्थित हुन सक्दैनौं भनेर जानकारी गराएका छौं।'

एमाले संसदीय दलमा जानका लागि कुनै समस्या नभएको उनले बताए। भट्टराईले भने, 'अनुकूल हुने समयमा हामी जान्छौं भनेका छौं।'

संसदीय दलको बैठकमा उपस्थित नहुनेलाई कारबाही गर्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन्। यस सम्बन्धी सोधिएको प्रश्नमा प्रचार विभाग प्रमुख भट्टराईले भने, 'शब्दकोषमा कारबाही भन्ने शब्द छ र हाम्रा अध्यक्षले प्रयोग गरिरहनुभएको छ। शब्द प्रयोग गर्न प्रधानमन्त्री खप्पिस हुनुहुन्छ।'

मंगलबार बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले एक नजर कार्यकर्ता भेलातिर रहेको जनाउँदै कारबारी गर्ने चेतावनी दिएका थिए। त्यस्तै, महासचिव इश्वर पोख्रेलले पनि प्रेस विज्ञप्ति जारी गरी भेलामा सहभागी हुनेलाई कारबाही गरिने बताएका थिए।

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्