Kathmandu Press

कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ : भट्टराई

काठमाडौं, चैत ४ : नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन कायमै रहेको बताएका...
कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ : भट्टराई

काठमाडौं, चैत ४ : नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले कर्णाली प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई समर्थन कायमै रहेको बताएका छन्।

बुधबार ललितपुरमा प्रारम्भ भएको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कर्णाली सरकारलाई समर्थन कायमै रहेको बताएका हुन्।

आजै सुर्खेतमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो। संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका १० जना सांसद उपस्थित थिए।

पत्रकार सम्मेलनमा भट्टराईले भने, 'कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी सम्मिलित सरकार छ। नेकपा माओवादीका नेता त्यहाँका मुख्य मन्त्री हुनुहुन्छ। नेकपा एमालेका साथीहरू पनि त्यो सरकारमा सामेल हुनुहुन्छ। त्यो सरकार प्रतिको समर्थन अहिलेसम्म कायम छ।’

 

प्रकाशित मिति: १९:०२ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्