Kathmandu Press

कर्णाली प्रदेश सरकारलाई नेपाल पक्षीय सांसदको समर्थन कायमै

सुर्खेत, चैत ४ : सर्वोच्चको पछिल्लो फैसलापछि ब्युँतिएको एमालेका दुई समूहबीच देखिएको विवादको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको छ।बुधबार दिउँसो एमालेको संसदीय दलको...
कर्णाली प्रदेश सरकारलाई नेपाल पक्षीय सांसदको समर्थन कायमै

सुर्खेत, चैत ४ : सर्वोच्चको पछिल्लो फैसलापछि ब्युँतिएको एमालेका दुई समूहबीच देखिएको विवादको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको छ।

बुधबार दिउँसो एमालेको संसदीय दलको बैठक बसेर माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली सरकारलाई दिएको समर्थन बिहीबारदेखि लागू हुनेगरी फिर्ता लिने निर्णय गर्यो। तर सोही पार्टीको अर्को समूहले भने समर्थन कायमै रहेको बताएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली समूहमा आबद्ध र संसदीय दलका नेता पनि रहेका यमलाल कँडेलले बुधबार बैठक डाकेका थिए। सो बैठकमा ओली समूहका १० सांसद सहभागी थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नौ सांसद उपस्थित भएनन्।

कर्णाली प्रदेशसभामा एमालेका २० सांसद छन् । राजबहादुर शाही भने सभामुख हुन् । कँडेलले पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएर तीन मन्त्रीलाई फिर्ता बाोलाएको भनी बताएको केही समयपछि नै आफूहरूको समर्थन कायमै रहेको भनी नेपाल पक्षीय सांसदहरुले बताए।
 

प्रकाशित मिति: १७:४६ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्