Kathmandu Press

नवौं महाधिवेशनको कार्यदिशाकै आधारमा पार्टी चलाऔं : नेपाल 

ललितपुर, चैत ४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनपछि उत्पन्न सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। नेपाल र झलनाथ...
नवौं महाधिवेशनको कार्यदिशाकै आधारमा पार्टी चलाऔं : नेपाल 

ललितपुर, चैत ४ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनपछि उत्पन्न सबै विवादको विधिसम्मत समाधान खोजिनुपर्नेमा जोड दिएका छन्। नेपाल र झलनाथ खनालको समूहले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन पार्टीको अवधारणfपत्र प्रस्तुत गर्दै उनले आगामी दिनमा पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे।

उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले २८ फागुनको ‘गुट भेला’ ले गरेका निर्णयहरूले पार्टी एकताको आधार कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यस्ता प्रयासहरूलाई असफल पार्न सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध हुनुपर्ने बताए। ‘हाम्रो एउटा मुख्य कार्यभार नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्नु हो। त्यसका निम्ति सर्वप्रथम नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ,’ उनले भने, ‘त्यसको पूर्वसर्त २०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनुपर्छ।’

उनले २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनःस्थापना गर्नुपर्ने जिकिर गरे। आगामी दिनमा कम्युनिस्ट पार्टीको विजयलाई सुनिश्चित गर्न पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने बताउँदै उनले भने, ‘अब पार्टीले नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्न स्पष्ट कार्यदिशा लिनुपर्दछ।’

Hardik ivf

१४ पृष्ठ लामो अवधारणापत्रमा राष्ट्रिय कार्यकर्ता भेला आयोजनाको औचित्यबारे प्रकाश पारिएको छ। त्यसमा नवौं महाधिवेशनको दिशानिर्देशबारे चर्चापछि पार्टीमा देखिएका समस्याबारे उल्लेख गरिएको छ। अहिले पार्टीमा देखा परेका चुनौती र त्यसलाई चिर्ने तात्कालिक कार्यभारलाई अवधारणापत्रले समेटेको छ। 
 
अवधारणामार्फत नेता नेपालले एमाले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष ओलीको सानो गुटले पार्टीलाई व्यक्तिगत महत्वाकांक्षाको व्यवस्थापन गर्ने झुन्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ।’

तमाम महत्वाकांक्षाकै लागि नेकपा एमाले पार्टी विभाजन गर्न सुनियोजित रुपमा अघि बढेको र इतिहासमा योभन्दा लज्जाजनक कुरा अरू नहुने बताइएको छ। पार्टीको त्यस पदमा पुगेको व्यक्ति आफ्ना महत्वाकांक्षाका लागि पार्टी विभाजन गर्न तयार हुने र उनका पछि पनि केही मानिस लाम लाग्ने र त्यसैलाई पार्टी ठान्ने प्रवृत्ति देखिएको नेता नेपालले बताए।

‘हामीले आज सामना गर्नुपर्ने मुलुकको सामाजिक रुपान्तरण, राष्ट्रिय एकता र स्वाधीनता, अखण्डता तथा सार्वभौमसत्ताको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि सम्पूर्ण पार्टीको परिचालन कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ भनेर छलफल गर्न र तदनुकुल कार्यभार निर्धारण गर्न भेला हुनुपथ्र्यो,’ अवधारणापत्रमा भनिएको छ, ‘तर पार्टीको एकता नै खतरामा परेको अवस्थामा पार्टी एकताको रक्षा गर्नु र त्यसमार्फत कम्युनिस्ट आन्दोलनको भविष्यको रक्षा गर्नु नै आजको तात्कालिक कार्यभार हुन गएको छ।’ अग्रजहरुले कठिन अवस्थाहरूमा क्रान्ति र पार्टीको रक्षा गरेकाले त्यस्तै खालको कार्यभार आफूहरूको काँधमा आइपरेको भनाय उनको छ। ‘त्यो कार्यभार पूरा गर्ने संकल्प गरौं र सकेसम्म छिटो पार्टी जीवनलाई पूर्ववत् पुनस्र्थापित गरौं,’ उनले भने। 

बिहीबारसम्म चल्ने भेलामा नेपाल–खनाल भेलामा पाका वामपन्थी नेतादेखि देशभर छरिएर रहेका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति छ। भेलामा करिब दुई हजारभन्दा बढी नेता–कार्यकर्ताको उपस्थित रहेका जनाइएको छ। उक्त भेलामा मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, कमल कोइरालासम्मका पाका कम्युनिस्ट नेताहरू सहभागी छन्। भेलामा ती नेताहरुलाई मञ्चमै बस्ने व्यवस्था मिलाइएको छ। 

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ मा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै विधानविपरीत पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि नेपाल–खनाल समूहले राष्ट्रिय भेला बोलाएको हो। केपी ओलीले एकलौटी निर्णय गरेको र उक्त निर्णय फिर्ता लिनुपर्ने भन्दै नेपाल–खनाल समुहले अडान लिएको छ। 

बालुवाटारस्थित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले ३ गते आयोजना गरेको चियापान कार्यक्रम माधव कुमार नेपाल र झलनाथ खनाल दुवैले बहिष्कार गरेका थिए। सोही चियापानमा प्रधानमन्त्री ओलीले एमालेका नेता तथा कार्यकर्तालाई नेपाल–खनाल समूहको ४ र ५ गतेको भेलामा सहभागी नहुन चेतावनीसमेत दिएका थिए। पार्टीमा बसेर अनुशासनविपरीत गतिविधि गर्न नपाइने, यदि कसैले गरेमा पार्टी विधानअनुसार कारबाही गरिने भाषण गरेका थिए। त्यसका बाबजुद खनाल–नेपाल समूहको राष्ट्रिय भेलामा कार्यकर्ताको उत्साहजनक उपस्थिति थियो । खनाल–नेपाल समूहले ओलीले राखेको ७ चैतको केन्द्रीय कमिटी बैठकमा समेत सहभागी नहुने बताएको छ। 

ओलीले एकतर्फी रूपमा निर्णय लिँदै निषेधको राजनीतिलाई प्रश्रय दिएपछि रुष्ट बनेको नेपाल–खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला घोषणा गरेको थियो । त्यसपछि सोमबार ओलीले नेपाल पक्षलाई भेट्न बोलाए । ओलीपक्षीय र नेपाल पक्षीय नेताहरूबीच धुम्बाराहीस्थित पार्टी कार्यालयमा भेटवार्ता भएको थियो। तर वार्ताको हलो २८ गतेको निर्णयमा पुगेर रोकिएको थियो। ओलीले भेला रोक्न आग्रह गरेपछि नेपालले लचक हुँदै २८ गतेको निर्णय फिर्ता भए भेला राेक्ने प्रस्ताव राखेका थिए। तर ओली लचकता अपाउन तयार नभएपछि वार्ता निष्कषीविहीन बनेको थियो। त्यसपछि दुवै पक्षले आ–आफ्नै गतिविधिलाई निरन्तरता दिएका थिए।  

यस्ताे छ अवधारणापत्र :

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्