ओलीले बिहीबारलाई डाके एमाले संसदीय दलको बैठक
काठमाडौं, चैत ४ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भोलि (बिहीबार) संसदीय दलको बैठक डाकेका छन्।संसदीय दलको नेतासमेत रहेका ओलीले बिहान...
काठमाडौं, चैत ४ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भोलि (बिहीबार) संसदीय दलको बैठक डाकेका छन्।
संसदीय दलको नेतासमेत रहेका ओलीले बिहान ११ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन्।
चुनाव चिह्न सूर्य लिएर सांसद बनेका सबैलाई उक्त बैठकमा सहभागी हुन भनिएको एमालेका एक नेताले बताए।
प्रकाशित मिति: १६:०३ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











