Kathmandu Press

जसपाको नेतृत्वमा सरकार बनाउनुहुँदैन : नेता कर्ण

काठमाडौं, चैत ४ : जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न नहुनेमा जोड दिएका छन्।जसपाले सरकार बनाउँदा...
जसपाको नेतृत्वमा सरकार बनाउनुहुँदैन : नेता कर्ण

काठमाडौं, चैत ४ : जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न नहुनेमा जोड दिएका छन्।

जसपाले सरकार बनाउँदा अरुसँग मिल्नुपर्ने, मन लागेको बेला त्यसलाई पल्टाइदिन सक्ने र त्यस्तो अवस्थाले पार्टीको हित नहुने तर्क उनले गरे। 

बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले आफ्नो व्यक्तिगत धारणा भन्दै जसपाले सरकारलाई समर्थन गरे पनि नेतृत्व नै गर्न चाहिँ नहुने बताएका हुन्। 

नेता कर्णले आफूहरूले उठाउँदै आएका संविधान संशोधन, नागरिकता लगायत मागलाई लिएर प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएको बताए। 
संसदमा सहभागी दलहरू सत्ता समीकरणका लागि गृहकार्य गरिरहेका बेला जसपा तानातानमा परेको छ।

पछिल्लो समय जसपाकै नेतृत्वमा सरकार बन्ने हल्ला चलिरहेका बेला नेता कर्णले सरकारको नेतृत्व गर्न नहुने प्रतिक्रिया दिएका हुन्।

प्रकाशित मिति: १५:५४ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्