Kathmandu Press

ओली नेतृत्वको एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

सुर्खेत, चैत ४ : पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिको प्रभाव संघमा मात्रै होइन प्रदेशमा पनि देखिन थालेको छ।नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश...
ओली नेतृत्वको एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

सुर्खेत, चैत ४ : पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिको प्रभाव संघमा मात्रै होइन प्रदेशमा पनि देखिन थालेको छ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन  केपी ओली नेतृत्वको नेकपा एमालेले फिर्ता लिएको छ।

एमाले संसदीय दलको बुुधबार बसेको बैठकले उक्त समर्थन फिर्ता लिएको हो। बिहीबारबाट लागू हुने गरी समर्थन फिर्ता लिइएको एमाले कर्णाली प्रदेशका एक नेताले जानकारी दिए।

बैठकले पार्टीले पठाएका तीन मन्त्रीलाई पनि फिर्ता बोलाएको उनले जानकारी दिए।

संसदीय दलको बैठकमा सांसदहरू यामलाल कँडेल, गुलाबजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मीनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का सहभागी थिए।

त्यहाँकाे संसदीय दलका नेता यामलाल कँडेल हुन् ।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्