कार्यकर्ता भेट्न सिन्धुलीतिर लागे प्रचण्ड
काठमाडौं, चैत ४ : बदलिँदो राजनीतिक परिस्थितिले निम्त्याएको जटिलताका कारण यतिखेर संसदमा सहभागी दलका शीर्षस्थ नेताहरू तनावमा छन्। माओवादी केन्द्रको सन्दर्भमा एकातिर सरकारका लागि समर्थन...
काठमाडौं, चैत ४ : बदलिँदो राजनीतिक परिस्थितिले निम्त्याएको जटिलताका कारण यतिखेर संसदमा सहभागी दलका शीर्षस्थ नेताहरू तनावमा छन्।
माओवादी केन्द्रको सन्दर्भमा एकातिर सरकारका लागि समर्थन कायमै राखिरहनुपरेको छ भने अर्कातिर केपी ओलीलाई प्रधानमन्त्रीबाट कसरी हटाउने भन्ने चुनौती छ।
यही विषयले उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ठूलै तनावमा छन्। यस्तै तनावबाट मुक्त हुन र कार्यकर्ता भेट्न उनी बुधबार दिउँसोतिर सिन्धुली प्रस्थान गरेका छन्।
तनाव ज्यादा भएको बेला प्रचण्ड उपत्यकाबाहिर जाने गरेका छन्। यसपालि भने उनी सिन्धुलीतिर लागेका हुन्।
सिन्धुलीमा पार्टीको कुनै औपचारिक कार्यक्रम नभए पनि त्यहाँ पुगेका बेला बिहीबार कार्यकर्ताहरूसँग अनाैपचािरक रुपमा भेटघाट गर्ने कार्यक्रम रहेकाे उनको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १४:२५ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











