Kathmandu Press

नेपाल-खनाल समूहको भेलामा पाका कम्युनिस्ट नेताहरुकाे पनि सहभागिता

काठमाडौं, चैत ४ : नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल-माधवकुमार नेपाल समूहद्वारा बुधबार ललितपुरस्थित हेरिटेज गार्डेनमा भइरहेको भेलामा मोदनाथ प्रश्रितदेखि राधाकृष्ण मैनालीसम्मका पाका कम्युनिस्ट...
नेपाल-खनाल समूहको भेलामा पाका कम्युनिस्ट नेताहरुकाे पनि सहभागिता

काठमाडौं, चैत ४ : नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल-माधवकुमार नेपाल समूहद्वारा बुधबार ललितपुरस्थित हेरिटेज गार्डेनमा भइरहेको भेलामा मोदनाथ प्रश्रितदेखि राधाकृष्ण मैनालीसम्मका पाका कम्युनिस्ट नेताहरू सहभागी भएका छन्। 

उक्त भेलामा सहभागी भएका अन्य पाका कम्‍युनिस्ट नेताहरुमा मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह,  कमल कोइराला पनि छन् । उनीहरूलाई मञ्‍चमै बस्ने व्यवस्था मिलाइएको छ ।

भेलाका लागि जिल्लाजिल्लाबाट नयाँ पुराना नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले फागुन २८ मा एक्लौटी निर्णयमार्फत  विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्