तस्बिरमा नेपाल–खनाल समूहको राष्ट्रिय भेला
काठमाडौं, चैत ४ : नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा भइरहेको भेला बिहीबारसम्म...
काठमाडौं, चैत ४ : नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा भइरहेको भेला बिहीबारसम्म चल्नेछ ।
भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणपत्र माथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल हुने बताइएको छ ।
भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । यस्तै भेलाका लागि विभिन्न जिल्लाबाट नेता तगथा कार्यकर्ताहरु उपस्थित भएका छन्।



















प्रकाशित मिति: १३:०५ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)