बिहानीमा मौलाकालिका (फाेटाे फिचर)
स्वदेशी मात्र होइन, भारतीय तीर्थयात्री पनि मौलाकालिका दर्शनमा आउने गर्छन् । यस वर्ष कोभिड–१९ महामारीका कारण लामो समय यो मन्दिर बन्द रह्यो । विस्तारै जनजीवन सहज हुँदै जाँदा भक्तजन मन्दिरसम्म पुग्न थालेका छन् ।चितवन, चैत ४ : नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरस्थित मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय स्थल हो। यो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोट–१ मा पर्छ । यस कालिकामन्दिर परिसरको सौन्दर्य बेग्लै छ ।
उत्तरतर्फ पहाडी शृंखला देख्न सकिन्छ भने दक्षिणतर्फ तराईका समथर भूभाग र सहरी इलाका अवलोकन गर्न पाइन्छ। यो मन्दिरको निर्माण १६औँ शताब्दीमा भएको विश्वास गरिन्छ । १६औँ शताब्दीमा पाल्पाका राजाले देवी कलिकाको नाममा प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि मौला पहाडको नाम राखेको जनविश्वास छ ।
स्वदेशी मात्र होइन, भारतीय तीर्थयात्री पनि मौलाकालिका दर्शनमा आउने गर्छन् । यस वर्ष कोभिड–१९ महामारीका कारण लामो समय यो मन्दिर बन्द रह्यो । विस्तारै जनजीवन सहज हुँदै जाँदा भक्तजन मन्दिरसम्म पुग्न थालेका छन् ।
समुद्री सतहबाट करिब पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा यो मन्दिर अवस्थित छ ।