टायर पड्किएर वीङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी, चैत ४ : कञ्चनपुरमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर...
धनगढी, चैत ४ : कञ्चनपुरमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा म १ ज २४३ नम्बरको विङ्गर दुर्घटना हुँदा डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घाइते ६ जनाको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १२:०२ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











