श्रीमतीको हत्या गरी बोरामा पोको पारेर फाल्ने श्रीमान पक्राउ
काठमाडौं, चैत ४ : श्रीमतीको हत्या गरी बोरामा पोको पारेर फाल्ने श्रीमान पक्राउ परेका छन् । काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी शव...
काठमाडौं, चैत ४ : श्रीमतीको हत्या गरी बोरामा पोको पारेर फाल्ने श्रीमान पक्राउ परेका छन् । काठमाडौंको बल्खुस्थित सुकुम्वासी बस्तीमा श्रीमतीको हत्या गरी शव बोरामा हाली पोको पारेर फरार रहेका श्रीमानलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
सोमबार साँझ प्रहरीले सुकुम्वासी बस्तीस्थित घर नम्बर ३ बाट ३२ वर्षीय सन्तोषी श्रेष्ठ सापकोटाको शव बोरामा पोको पारेरको अवस्थामा फेला पारेको थियो।
ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ। प्रहरीका अनुसार पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय घरायसी विवाद बढेको थियो ।
अभियुक्तले हत्या गरेको स्वकार गरिसकेको छ। डिभर्सको विषयमा झगडा हुँदा आवेगमा हत्या गरेको महानगरीय प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११:३१ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











