Kathmandu Press

ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ गर्दैन् : भट्टराई

ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ गर्दैन् : भट्टराई

काठमाडौं, चैत्र ४ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्।

बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा जमाएको आरोप समेत लगाएका छन् ।

उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन है ’ भट्टराईले पछिल्ला केहि दिनयता सामाजिक सञ्जालमा ओलीका बिरुद्ध बिभिन्न कटाक्ष सहितका स्टाट्स लेख्दै आएका छन् । 

प्रकाशित मिति: ०८:३५ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्