पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं, चैत्र ४ : मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पहाडी क्षेत्रबाहेकका अन्य ठाउँमा भने मौसम सफा रहनेछ ।
प्रकाशित मिति: ०८:१३ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











