च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा रियल मड्रिड
काठमाडौं, चैत्र ४ : स्पनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।'मंगलबार राति भएको अन्तिम १६ को दोस्रो...
काठमाडौं, चैत्र ४ : स्पनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।'
मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित रियल अन्तिम आठमा पुगेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जामा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।
अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको रियल ३६ औं पटक युरोपियन कप च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेगमा रियलले १-० को जित हात पारेको थियो ।
प्रकाशित मिति: ०७:४८ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











