Kathmandu Press

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार वढी संक्रमितको मृत्यु 

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार वढी संक्रमितको मृत्यु 

काठमाडौं, चैत्र ४ : विश्वभर पछिल्लो २४ घण्टामा चार लाख ३५ हजार ७७५ जना कोरोना संक्रमित छन्। यस्तै २४ घण्टामा विश्वभरमा ९  हजार ६ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

वल्र्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा २ हजार ७ सय ९८, अमेरिकामा १ हजार २ सय ४८, इटालीमा ५ सय २, रसियामा ४ सय ४३, फ्रान्समा ३ सय ३८ र भारतमा १ सय ८७ जनाले ज्यान गुमाए ।

यस्तै ब्राजिलमा सबैभन्दा बढी ८४ हजार १२४ जनामा संक्रण पुष्टि भएको छ भने अमेरिकामा ५० हजार २७९, भारतमा २८ हजार ८६९, फ्रान्समा २९ हजार, इटलीमा २० हजार ९०० संक्रमित भेटिएका छन्।  

विश्वभर कुल मृतकको संख्या २६ लाख ८१ हजार ५६४ पुगेको छ। संक्रमित हुनेको संख्या कुल संख्या १२ करोड १२ लाख १४ हजार ६६६ पुग्दा नौ करोड ७७ लाख ८६ हजार २९६ जना संक्रमण मुक्त भएका छन्। 
 

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्