Kathmandu Press

बीएन्डसीलाई सम्बन्धन दिए प्रधानमन्त्रीविरुद्ध अनशन बस्छु : डा.केसी

बीएन्डसीलाई सम्बन्धन दिए प्रधानमन्त्रीविरुद्ध अनशन बस्छु : डा.केसी

काठमाडौं, चैत ३ : झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनशन बस्ने डा. गोविन्द केसीले चेतावनी दिएका छन्।

डा.केसीले मंगलबार पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा ऐनको प्रावधान मिचेर सरकारले सम्बन्धको प्रक्रिया अघि बढाएमा अनशन बस्ने बताए। त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो।

उनले बीएन्डसी कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोक्न माग गरे। अनियमित तरिकाले सम्बन्धन दिने प्रक्रियामा संलग्न काठमाडौं विश्वविद्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग गरेका छन्।

चिकित्सा शिक्षा ऐन र नियमावलीको उल्लंघन गरेर प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा बीएन्डसी कलेजलाई सम्बन्धन दिन लागिएको उनको भनाइ थियो। यसका लागि शिक्षामन्त्री श्रेष्ठले केयू र बीपी प्रतिष्ठानसँग गोप्य सम्झौता गरेको उनले बताए।

प्रधानमन्त्री ओलीले पनि झापामा क्यान्सर अस्पतालको उद्घाटन गर्दै बीएन्डसी कलेजलाई सम्बन्धन दिने बताएका थिए। यो व्यवसायी दुर्गा प्रसाईँको कलेज हो।

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्