Kathmandu Press

संविधानको पालना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको प्रस्ट्याइँ

काठमाडौं, चैत ३ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको पालना गरेको सर्वदलीय बैठकमा प्रस्ट्याएकी छिन्।मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा दलका...
संविधानको पालना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको प्रस्ट्याइँ
तस्वीर: राष्ट्रपतिकाे कार्यालय।

काठमाडौं, चैत ३ : सर्वदलीय बैठकमा संसद् विघटनसम्बन्धी प्रश्न उठेपछि आफूले संविधानको पालना गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्ट्याएकी छिन्।

मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा दलका नेताहरुले संसद् विघटनको सिफारिशका विषयमा प्रश्न उठाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिश गरेका थिए।

त्यतिबेला राष्ट्रपति भण्डारीले तत्कालै संसद् विघटनको घोषणा गरेकी थिइन्। त्यसलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरेको थियो।

त्यस विषयमा दलका नेताहरुले सर्वदलीय बैठकमा उठाएका थिए। उनीहरुले राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न गरेका थिए।

त्यसको जबाफमा राष्ट्रपति भण्डारीले संविधानको पालना गरेको बताएकी छन्। उनले भनिन्, 'मैले त संविधानअनुसार सरकारकाले गरेको सिफारिस कार्यान्वयन गर्ने हो, आफ्नो निर्णय गरेको होइन।'

संविधानअनुसार नै सरकारले गरेको सिफारिश लागू गरेको उनको भनाइ थियो। यसलाई अन्यथा लिनु नहुने उनले बताइन्। 'संविधानको मैले संरक्षण गरेको हो। त्यसमा अन्य ढंगले बुझ्नु आवश्यक छैन,' राष्ट्रपति भण्डारीले भनिन्।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पनि संसद् विघटन गर्ने आफ्नो निर्णयको बचाउ गरेका थिए। निर्वाचनमा जाने विषय प्रतिगमन नभएको उनको भनाइ थियो।

अझै पनि सरकार र संसद् चल्न नसके निर्वाचन जानुपर्ने उनले बताए। प्रधानमन्त्री ओलीले अझै पनि संसद् विघटन हुनसक्ने भनाइ राखेको बैठकमा सहभागी एक नेताले बताए।

राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेता सहभागी थिए। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल भने उपस्थित भएका थिएनन्।

प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्