Kathmandu Press

बाघको आक्रमणमा परी बर्दियामा एक महिला वेपत्ता

बर्दिया, चैत ३ : बाघको आक्रमणमा परी बर्दियामा एक महिला वेपत्ता भएकी छिन्।बर्दियाको ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावत बाघको आक्रमणमा परेर...
बाघको आक्रमणमा परी बर्दियामा एक महिला वेपत्ता
फाइल फाेटाे।

बर्दिया, चैत ३ : बाघको आक्रमणमा परी बर्दियामा एक महिला वेपत्ता भएकी छिन्।

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावत बाघको आक्रमणमा परेर वेपत्ता भएके बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। उनीसहित चार जना निउरो टिप्न निकुञ्ज भित्र गएका थिए।

बाघले आक्रमण गरेपछि अन्य तीन जना भने भागेको जनाएको छ। निउरो टिप्न गएका अन्य तीन जना सकुशल रहेको र उनको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए।

यसअघि फागुन २६ गते घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो। त्यस्तै, फागुन १७ गते पनि सामुदायिक वनमा भैँसी चराउन गएका गेरुवा गाउँपालिकाका एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।

बर्दिया निकुञ्ज क्षेत्रमा केही समययता बाघको आक्रमण गर्ने क्रमण बढेको छ। बाघको आक्रमणबाट यो वर्षमात्रै नौ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्