Kathmandu Press

राष्‍ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकियो

राष्‍ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो चार बजेको आह्वान गरेको  सर्वदलीय बैठक सकिएको छ।
राष्‍ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकियो

काठमाडौं, चैत ३ : राष्‍ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो चार बजेको आह्वान गरेको  सर्वदलीय बैठक सकिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल भएको र राष्‍ट्रपतिको बंगलादेशको भ्रमणका विषयमा जानकारी दिन बैठक बोलाइएको राष्‍ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

०६२-६३ को जनआन्दोलनका उपलब्धी र गणतन्त्रमाथि कालो धब्बा लाग्ने जोखिम देखिएको र राजनीतिमा कालो बादल मडारिइरहेको अवस्थामा यस्ता चियापनको अर्थ नहुने केसीले बताए।

‘बैठकमा सबै दलका नेताहरूले बोल्नुभएन, छोटो बसाइ भयो, समसामयिक विषयमा फाट्टफुट्ट कुरा भयो,’ केसीले भने, ‘मैले अहिलेको स्थिति राष्‍ट्र प्रमुख र सरकार प्रमुखका कारणले आएको हो भनेँ। तपाईंहरूले बुझ्नुपथ्र्यो भनेँ। तपाईंहरूबाटै बढी गल्ती भएको छ भनेँ मैले।’

केसीका अनुसार राष्‍ट्रपतिले बंगालदेशको मैत्रीपूर्ण भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी दिने उद्देश्यले बैठक राखिएको बताएकी थिइन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधिले कुरा राखेको उनले जानकारी दिए।
 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्