Kathmandu Press

शीतल निवासमा सर्वदलीय बैठक सुरु

शीतल निवासमा सर्वदलीय बैठक सुरु

काठमाडौं, चैत ३ : राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्हका ४ बजेका आव्हान गरेको सर्वदलीय बैठक केही समय अगाडि सुरु भएको हो।
   
सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलको उपस्थिति छ भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशांक कोइराला उपस्थित भएका छन् । 

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् भने जसपाका महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सर्वदलीय बैठमा सहभागी छन्। यस्तै, राप्रपाका प्रकाशचन्द्र लोहनी, जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी रहेका उपस्थित छन् ।

राष्ट्रपतिले आव्हान गरेको सर्वदलीय बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल भने उपस्थित छैनन् । 

दलहरुबीचको आपसी विवादको समाधानको प्रयास स्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी हुन्।

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्