Kathmandu Press

प्रधानमन्त्री ओलीलाई नेपाल-खनाल समूहको निम्तो- राष्‍ट्रिय भेलाको प्रमुख अतिथि बन्‍नूस्

एमालेको नेपाल-खनाल समूहले चैत ४ र ५ मा हुने राष्‍ट्रिय भेलाको प्रमुख आतिथ्यता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ। राष्‍ट्रिय भेलाबारे जानकारी दिन ....
प्रधानमन्त्री ओलीलाई नेपाल-खनाल समूहको निम्तो- राष्‍ट्रिय भेलाको प्रमुख अतिथि बन्‍नूस्

काठमाडौं, चैत ३ : एमालेको नेपाल-खनाल समूहले चैत ४ र ५ मा हुने राष्‍ट्रिय भेलाको प्रमुख आतिथ्यता गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेको छ। राष्‍ट्रिय भेलाबारे जानकारी दिन ललितपुर सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले यस्तो आग्रह गरेका हुन्।

‘हाम्रो कार्यक्रममा नजर लगाउनू भनेर उहाँले आफ्ना अनुयायीलाई भन्‍नुभएको रहेछ, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो,’ भट्टराईले भने, ‘बरु तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नूस्, कसैलाई खटाउनुपर्दैन।’

ओलीको कारबाही भोग्‍न आफूहरू तयार रहेको उनले बताए। ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ। हामी एकपछि अर्को कारबाही भोग्‍न लामबद्ध भएका छौँ,’ उनले भने, ‘इतिहासले तपाईंलाई पनि कठोर कारवाही गर्नेछ र त्यतिबेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्।’

पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी विधानविपरीत गतिविधि गर्ने अध्यक्ष ओली नै कारवाहीको भागिदार बन्‍ने बताए।
 

प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्