Kathmandu Press

माओवादीले चयन गर्‍यो दलको नेता र प्रमुख सचेतक

काठमाडौं, चैत ३ : नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको...
माओवादीले चयन गर्‍यो दलको नेता र प्रमुख सचेतक

काठमाडौं, चैत ३ : नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । 

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ। गुरुङ नेकपाको पनि प्रमुख सचेतक थिए।

सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया खारेज गरेपछि माओवादी केन्द्र पुनः अस्तित्वमा आएको थियो। मंगलबारकै बैठकले दिनानाथ शर्मालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा बनाएको छ । तर,  दलको उपनेता र सचेतक चयन गरेको छैन।
 

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्