Kathmandu Press

किम जोङ उनकी बहिनी भन्छिन्– अमेरिका अस्थिरताको कारण नबनोस्

किम जोङ उनकी बहिनी भन्छिन्– अमेरिका अस्थिरताको कारण नबनोस्

काठमाडौं, चैत ३ : उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकालाई ‘अस्थिरताको कारण’ नबन्न चेतावनी दिएकि छिन् । अमेरिकाले दक्षिण कोरियासंगको नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा किम यो जोङले यस्तो चेतावनी दिएकी हुन् ।

‘अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझाव छ, यसले हाम्रो भूमिमा समुद्रपरिबाट बन्दुकको गन्ध फैलाउने प्रयास गरिरहेको छ’ उनले भनेकी छन्, ‘यदि अमेरिका आगामी चार बर्ष शान्तिपूर्वक रहन चाहन्छ भने अस्थिरताबाट आफूलाई अलग राख्नु राम्रो हुनेछ ।’

अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त सैन्य अभ्यासको पनि किम यो–जोङले ओलोचना गरेकी छिन् ।

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्