वामदेव भन्छन्– वाम सरकार बचाउनु पर्छ
काठमाडाैं, चैत ३ : नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले देशमा वाम सरकारको आवश्यकता रहेको बताएका छन् । एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन...
काठमाडाैं, चैत ३ : नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले देशमा वाम सरकारको आवश्यकता रहेको बताएका छन् । एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको बठैकमा एमाले उपाध्यक्ष गौतमले वाम सरकारको आवश्यकता रहेकाले यसलाई अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका हुन्।
सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताए पनि वाम गठबन्धनको संभावना रहेको गौतमले बताए। उपाध्यक्ष गौतमले वाम सरकार बनाउनका लागि प्रधानमन्त्री केपी ओलीले पहल गर्नुपर्ने पनि बताए । उनले वाम सरकार गठनका लागि प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न पनि सुझाव दिए।
नेकपा अस्तित्वा हुँदै दुई गुटलाई मिलाउने अभियान चलाएका गौतमले अब दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छाड्ने बताए । उनले एमाललाई एक बनाउन अध्यक्ष ओलीकै महत्वपूर्ण भूमिका रहेको बताए। उनले पार्टीलाई विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार चलाउन सुझाव दिए।











