Kathmandu Press

शोकप्रस्ताव पारित गर्दै संसद बैठक सकियो

काठमडौं, चैत ३ : संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा सदस्य बैठक सकिएको छ।मंगलबार दिउँसो बसेको बैठक यादवको निधनप्रति...
शोकप्रस्ताव पारित गर्दै संसद बैठक सकियो

काठमडौं, चैत ३ : संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा सदस्य बैठक सकिएको छ।

मंगलबार दिउँसो बसेको बैठक यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव गर्दै स्थगित भएको हो । अर्को बैठक चैत्र ६ गते अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

स्वर्गीय यादव २०७० सालको संविधानसभामा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो।

 

 

प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्