प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिन माओवादी केन्द्रको आग्रह
काठमाडौं, चैत ३ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह...
काठमाडौं, चैत ३ : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई राजीनामा दिन आग्रह गरेको हो।
बैठकपछि माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताए।
माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन।
प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











