Kathmandu Press

बालुवाटारमा चियापान कार्यक्रम सुरु

काठमाडौं, चैत ३ : बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा चियापान समारोह सुरु भएको छ । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उनले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा...
बालुवाटारमा चियापान कार्यक्रम सुरु

काठमाडौं, चैत ३ : बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा चियापान समारोह सुरु भएको छ । 

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उनले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।

ओलीले सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई चियापानमा बोलाएका थिए। तर माधव नेपाल र झलनाथ समूहका नेताहरु भने चियापानमा उपस्थित छैनन् । 

आफ्ना पक्षका पदाधिकारीहरुलाई ओलीले जिम्मेवारीबाट हटाएपछि  माधव– झलनाथ समूह ओलीसँग रुष्ट छ । सोही कारण उनीहरु चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएका छन् । 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्