अस्ट्राजेनेका खोपलाई निरन्तरता दिँदै थाइल्यान्ड
काठमाडौं, चैत ३ : थाईल्याण्डले कोभिड विरुद्ध अस्ट्राजेनेका खोप अभियान सुरु गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खोप र रगत जम्ने समस्या बिच...
काठमाडौं, चैत ३ : थाईल्याण्डले कोभिड विरुद्ध अस्ट्राजेनेका खोप अभियान सुरु गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खोप र रगत जम्ने समस्या बिच कुनै सम्बन्ध प्रमाणित नभएको बताएपछि थाइल्यान्डले मंगलबारबाट खोप लगाउन निरन्तरता दिएको हो ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान–ओचाले मंगलबार खोप लगाएका छन् । यो खोप लगाएसँगै प्रधानमन्त्री ओचा दक्षिणपूर्व एशियाली राष्ट्रमा अस्ट्राजेनेका खोप प्राप्त गर्ने पहिलो व्यक्ति भएका छन् । ‘सर्वसाधारण जनतामा विश्वास जगाउनका लागि’ उनले यो खोप लगाएको बताए ।
प्रधानमन्त्री ओचा बाहेक, क्याबिनेटका १५ मन्त्रीले पनि मंगलबार एस्ट्राजेनेका खोप लगाएका छन् । सबै मन्त्रीले एक लाख १७ हजार तीन सय डोजको समुहबाट खोप लगाएका छन् जुन थाईल्यान्डले यस महिनाको सुरुमा आपतकालिन प्रयोगको लागि आयात गरेको थियो ।
प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












