Kathmandu Press

१३ करोड घोटाला, २ लाख धरौटी

काठमाडौं, चैत ३ : काठमाडौं भ्यू टावर निर्माणमा १३ करोड बढीको घोटला गरेका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालले २ लाखभन्दा कम धरौटीमा छोड्न...
१३ करोड घोटाला, २ लाख धरौटी

काठमाडौं, चैत ३ : काठमाडौं भ्यू टावर निर्माणमा १३ करोड बढीको घोटला गरेका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालले २ लाखभन्दा कम धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीशहरू प्रेमराज कार्की,  चन्द्रबहादुर सारु र बालेन्द्र रुपाखेतीको इजलासले १३ करोडभन्दा बढीको घोटला काण्डमा थुनामा रहेका ठेकेदार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलार्य बैंकिङ कसूरमा प्रक्राउ गर्दै  १३ करोड २६ लाख विगो माग दाबी गरेको थियो । यस्तै, अख्तियारले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन्। उनीहरुमाथि ४० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।

भेटवाललको कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सले खुलामञ्चमा कब्जा गर्दै सटर बनाएर भाडा लगाउँदै सर्वसाधारणबाट कराडौं रकम उठाएको थियो। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।

प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले उनलाई कालोसूचिमा राखेका थिए।

 


पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्