Kathmandu Press

यसरी हुँदैछ काष्ठमण्डप पुनर्निर्माण (फोटो फिचर)

पुनर्निर्माणको काम वैशाखमा सक्ने लक्ष्यअनुसार काष्ठमण्डप पुनर्निर्माण समितिले कामलाई तीव्रता दिएको छ। समितिका अनुसार अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ।
यसरी हुँदैछ काष्ठमण्डप पुनर्निर्माण (फोटो फिचर)

काठमाडौं, चैत ३ : ०७२ वैशाखको महाभूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माणको तीव्र रुपमा भइरहेको छ। पुनर्निर्माण वैशाखमा सक्ने लक्ष्यअनुसार काष्ठमण्डप पुनर्निर्माण समितिले कामलाई तीव्रता दिएको छ। समितिका अनुसार अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ।

काष्ठमण्डपमा अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ। काष्ठमण्डप पुनर्निर्माणका लागि अहिले दैनिक ३५ कामदार खटिइरहेका छन् । सुरुआतमा आवश्यक काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पुनर्निर्माणको काममा ढिलाइ भएको थियो ।

तीन वर्षअघि सुरु भएको काष्ठमण्डप पुनर्निर्माणको काम १० प्रतिशत मात्रै रहेकाले वैशाखभित्रै पुनर्निर्मित काष्ठमण्डप देख्न पाइने समितिका अध्यक्ष राजेश शाक्यले बताए । ऐतिहासिक सम्पदा पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्