Kathmandu Press

पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना 

पहाडी भेगमा आंशिक बदली, वर्षाको सम्भावना 

काठमाडौं, चैत्र ३ : मुलुकभर पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार र बिहीबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रि-मनसुनको समयमा पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख सामान्य बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: ०८:४९ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्