ओलीले आयोजना गरेको चियापान नेपाल र खनाल नजाने

काठमाडौं, चैत्र ३ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उनले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।
एमालेका सबै नेतालाई बोलाइएको चियापान कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समुह भने सहभागी नहुने भएको छ । पार्टीलाई एकतावद्ध गराउने भन्दै हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली–नेपाल पक्षको बैठक ठोस निष्कर्षमा पुग्न सकेन् ।
त्यसलगत्तै नेपाल–खनाल पक्षको बैठक बसेर ओलीले आयोजना गरेको चियापानमा सहभागि नहुने निर्णय गरेको हो । एमालेमा समानान्तर कमिटी गठन गरेको नेपाल–खनाल पक्षले चैत्र ४ गते राष्ट्रिय कार्यक्रता भेला आयोजना गरेको छ ।











