Kathmandu Press

आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

काठमाडौं, चैत्र ३ : कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले त्यसो गर्न आवश्यक...
आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

काठमाडौं, चैत्र ३ : कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड आस्ट्राजेनेका खोप वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले त्यसो गर्न आवश्यक नरहेको जनाएको छ।

खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ। जर्मनी, फ्रान्स, इटली र स्पेनले उक्त खोपको प्रयोग रोक्न साना देशहरूले चालेका कदमलाई पछ्याएका छन्। गरिएका दाबीबारे अनुसन्धान भइरहेका बेला ती देशहरूले भने सावधानीका उपायका रूपमा त्यसो गरिएको जनाएका छन्।

Hardik ivf

डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरूले यसबारे आज  छलफल गर्दैछन्। आजै युरोपेली औषधी निकाय (ईएमए) ले समेत बैठक गर्दैछ र उसले बिहीवार निष्कर्ष सार्वजनिक गर्दैछ। उसले खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ। उक्त खोप लगाएपछि युरोपमा रगत जम्ने अवस्था विकास भएका कयौँ  घटना देखा परेका थिए। विज्ञहरूका भनाइमा ती आम जनसङ्ख्यामा देखापर्ने रगत जम्ने घटनाभन्दा बढ्दा नभएको बताएका छन्।

आस्ट्राजेनेकाका अनुसार गत सातासम्ममा रगत जम्ने त्यस्ता घटना ४० भन्दा कम देखा परेका छन्। जर्मनीको स्वास्थ्य मन्त्रालयले सोमवार देशको खोपसम्बन्धी एक आधिकारिक निकायको सुझावमा भन्दै तत्काल लागु हुनेगरी अक्सफर्ड(आस्ट्राजेनेका खोपको वितरण रोक्ने जनाएको थियो। स्पेनका स्वास्थ्यमन्त्रीले कम्तीमा दुई साताका लागि उक्त रोक रहने जनाएका छन्। द नेदरल्याण्ड्सले त्यस्तै रोक लगाएको एक दिन भन्दा कम समयमा उक्त निर्णय आएको हो।

आइरिस रिपब्लिक, पोर्चुगल, डेनमार्क, नर्वे, बुल्गरिया, आइसल्याण्ड र स्लोभेनियाले खोप दिने कामलाई अस्थायी रूपमा रोकेका छन्।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो र इन्डोनेशियाले खोप कार्यक्रम पर सारेका छन्। अस्ट्रियासहितका केही युरोपेली देशले खोपका केही खेप प्रयोग गरेका छैनन्।

युरोपेली सङ्घ र ब्रिटेनमा गरेर झण्डै एक करोड ७० लाखले यस खोपको एउटा खेप लिइसकेका छन्। बेल्जियम, पोल्याण्ड, द चेक रिपब्लिक र युक्रेनले भने आफूहरूले खोपको प्रयोग जारी राख्ने बताएका छन्। थाइल्याण्डले केही ढिलो गरी मङ्गलवारबाट उक्त खोप दिन सुरु गर्दैछ।
 

प्रकाशित मिति: ०७:४५ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्